सुशीला कार्की र केपी ओलीले मुलुकलाई अस्थिरताको भुमरीमा हालेको प्रभु साहको आरोप
सारांश
- आजपा अध्यक्ष प्रभु साहले सुशीला कार्की र केपी ओलीले मुलुकलाई अस्थिरतामा पारेको आरोप लगाए।
- उनले जेन-जी आन्दोलनको मर्ममाथि प्रहार भएको र सरकारले युवामाथि दमन गरेको आरोप लगाए।
- साहले गृहमन्त्रीको कार्यक्षमतामा प्रश्न उठाउँदै सरकारलाई घटनाहरू रोक्न चेतावनी दिए।
सिन्धुपाल्चोक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की सरकार र केपी ओलीले मुलुकलाई एकपछि अर्को गरेर नियन्त्रित अस्थिरताको भुमरीमा हालेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको उनको आरोप छ । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरुपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै उनले दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको र अहिले नियन्त्रित अस्थिरता चाहेको आरोप लगाए ।
शनिबार सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भएको पार्टीको जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले जेन–जी आन्दोलन भएको भदौ २३ गते सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका हेरिनुपर्ने र २४ भदौमा उनीहरूको सडकमा जबरजस्त उपस्थिति र चहलपहल पनि नियाल्दा जेन–जी युवाहरुको बलमा भएको जनविद्रोहको अपहरण गरिएको आरोप लगाए ।
गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आजपा अध्यक्ष साहले यस्तो गृहमन्त्री राखेर शान्ति, सुरक्षाको वातावरण बन्न नसक्ने बताए । अहिले जाँचबुझ आयोगको टिओआर अनुसार काम नभएको र आयोगको कार्यअवधि नै सकिन लाग्दासमेत हत्यारा र दोषीहरुसँग बयानसमेत लिन नसकिएको भन्दै आयोगपनि निकम्मा भएको उनको आरोप छ ।
जेलबाट बाहिर निस्किएको भनेर रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने सरकारले भदौ २३ गते जेनजी आन्दोलनमा दमन गर्ने र युवाहरूलाई हत्या गर्ने तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई अहिलेसम्म किन बयान नलिएको भनेर पूर्वमन्त्री साहले प्रश्न गरे ।
बाराको सिमरामा भएको घट्नामा पनि प्रहरी प्रशासनको अगाडि जेनजी युवाहरूलाई शान्तिपूर्ण प्रदर्शन गरेकै कारण कुटपिट भएको भन्दै यस्ता घटना दोहोरिन नदिनको लागि सरकारलाई चेतावनी दिए ।
जेन–जी आन्दोनलपछि दल खोल्ने होडबाजी चलेकोप्रति पनि साहले गम्भीर टिप्पणी गरे । उनले अवसरवादीहरुले चुनावलाई मात्रै ध्यानमा राखेर दल खोलेको भन्दै यिनीहरुले देश र जनता नै नबुझेको आरोप लगाए ।
एमाले अध्यक्ष केपी ओलीको कारण मुलुक मुठभेडको अवस्थामा जाने खतरा रहेको पनि उनको टिप्पणी छ । साहले जेनजी आन्दोलनमा दमन गरेका ओलीले चुनाव भाँड्नेगरि पार्टी पङ्क्तिलाई दुरुपयोग गरेको र दिनदिनै नयाँ नयाँ नाटक मञ्चन गरेको भन्दै देशभक्त एमालेजनले अब चुनावको लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए ।
आजपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा आजपा सहअध्यक्ष एंव संविधान सभाका सभाषद तिलक थापामगर, वागमती प्रदेशका इन्चार्ज धनकुमारी मगर, वाग्मती प्रदेश अध्यक्ष पासाङ तामाङ, सचिवालय सदस्यहरु सुभाष साह, रन्जु साह, सिमा जैसवाल, बिन्दा कटुवाल, अन्जना तामाङ, सुनिता तामाङ, सुमन गुरुङ, कोशिला देवी साह लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण