राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
आइतबार, ०७ मङ्सिर २०८२, ०८ : ५५
सारांश
- राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
- बैठकमा राजनीतिक घटनाक्रम, निर्वाचन, र पार्टीको रणनीतिबारे छलफल हुनेछ।
- अध्यक्ष कमल थापाले पार्टीको भावी योजनाबारे धारणा प्रस्तुत गर्नेछन्।
काठमाडौँ । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मङ्सिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीति बारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्ने कार्य तालिका रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण