शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

सुशीला कार्कीविरुद्धकाे अवहेलनासम्बन्धी मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै

आइतबार, ०७ मङ्सिर २०८२, ११ : २४
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ हुने भएको छ।
  • राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगरेको भन्दै अधिवक्ताहरूले मुद्दा दायर गरेका थिए।
  • सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दिएको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत १६ कात्तिकमा अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरू परराष्ट्रमै हाजिर भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप