‘प्रगतिशील लोकतान्त्रिक पार्टी’बाट सक्रिय हुँदै बाबुराम–जनार्दन
सारांश
- बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितको पार्टीको नाम 'प्रगतिशील लोकतान्त्रिक पार्टी' रहने भएको छ।
- पार्टी घोषणा कार्यक्रम राष्ट्रिय सभा गृहमा हुनेछ, र चुनाव चिन्ह नेसपा नयाँ शक्तिले प्रयोग गरेको आँखा हुनेछ।
- पार्टीको नेतृत्व अध्यक्ष मण्डलबाट हुनेछ, जसमा पाँच सदस्य रहनेछन् र केन्द्रीय समिति ९९ देखि १५१ सदस्यीय हुनसक्नेछ।
काठमाडौँ । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितको पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहने भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर एकीकृत पार्टी घोषणा गर्न लागिएको हो ।
प्रगतिशील अभियानका नेता अनिल शर्माले एकतापछि हुने पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन हुने जानकारी दिए । शर्माका अनुसार चुनाव चिन्ह नेसपा नयाँ शक्तिले प्रयोग गरेको आँखा रहनेछ । भट्टराई र जनार्दन शर्मा लगायत नेताहरू पार्टीको पदाधिकारी तहमा नरहेको बताइएको छ । पार्टीको नेतृत्व अध्यक्ष मण्डलबाट हुने उनले बताए ।
‘पार्टीको नेतृत्वमा कुनै एक व्यक्ति हुने छैन । ७ सदस्यीय अध्यक्ष मण्डल रहनेछन् । केन्द्रीय समिति ९९ प्रस्ताव गरिएको छ । तर, १५१ सदस्यीय पनि पुग्न सक्छ । अहिले छलफलकै क्रममा छ’, उनले भने ।
एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्नेछन् । अध्यक्ष मण्डलमा देशको चित्र झल्किने गरि समाबेशी चरित्रको हुनेछ ।
कात्तिक २८ गते भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियार समूहबिच एकता गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण