राष्ट्र गम्भीर संकटमा छ, सबै मिलेर समाधान गरौँ : सन्तोष परियार
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल गर्नुपर्ने बताए।
- उनले देशमा राष्ट्रियता, लोकतन्त्र, संविधान र आर्थिक संकट रहेको उल्लेख गरे।
- परियारले सरकार र नागरिकबीचको विश्वास गुमेकोमा चिन्ता व्यक्त गर्दै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गरे।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल नगरै देश थप संकटमा फस्न सक्ने बताएका छन् । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामा बोल्दै परियारले देशलाई बचाउन सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।
‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि सङ्घर्ष गर्यौँ । हामीसँग अहिले चारवटा संकट छ । पहिलो राष्ट्रियताको संकट छ । जेनजी विद्रोहपछि राष्ट्रियता ठुलो संकट देखिन्छ । दोस्रो लोकतन्त्रमाथि संकट छ । संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा छ । अर्को संविधानमाथि पनि धेरै संकट छ । मुर्झाएको छ । यसको संरक्षण गर्नु आवश्यक छ । चौथो आर्थिक संकट गहिरिएको छ । संकटपूर्ण घडीमा हामीले सामूहिक बुद्धिमत्ता अपनाएनौँ भने यो देश थप संकटमा पर्न सक्छ’, उनले भने ।
सरकार र नागरिकबिच विश्वासको संकट गरिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती राज्यको गुमेको विश्वास फर्काउने रहेको बताए ।
राष्ट्रिय संकट समाधानका लागि नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानसहित एकता भएर लोकतान्त्रिक पार्टी घोषणा गर्न लागिएको परियाले जिकिर गरे । संकटको घडीमा सबै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा आउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण