पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोल्यौँ : जनार्दन शर्मा
सारांश
- पूर्वमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरे र पुरानो पार्टी भित्रका मठाधीशलाई आरोप लगाए।
- उनले पुरानो दलहरू रूपान्तरण हुन नसकेको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।
- शर्माले यो पार्टी राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको लागि स्थापना भएको बताए।
काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेको दाबी गरेका छन् । राष्ट्रिय सभा गृहमा आइतबार पार्टी एकता घोषणा सभामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणपत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । जेनजी विद्रोहपछि पनि पुराना दल रूपान्तरण हुने लक्षण नदेखिएकाले नयाँ पार्टी गठन गरेको उनको दाबी थियो ।
‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ । जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन सकेन’, उनले भने, ‘कांग्रेसले ३६ वर्ष, एमालेले ३५ वर्ष, माओवादीले करिब १७ वर्ष सत्ता चलाए । दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए । ठुला भनिएका दलका नेता र कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो पत्तै भएन । दलहरूको प्रष्टीकरणको विरुद्ध हामीले नयाँ पार्टी खोलेका हौँ ।’
शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी कुनै एक दल थप्ने नभई राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्नका लागि साधनको रूपमा स्थापना भएको जिकिर गरे । जेनजी विद्रोह राजनीतिक दलका सांस्कृतिक प्रष्टीकरण, सत्तामा म्युजिक चियर सामाजिक सञ्जाल खुला र नेतृत्वको हस्तान्तरण भएको उनले बताए । तर जेनजी विद्रोहको भावना विपरीत ठुला दलका नेताहरू लागेको शर्माले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण