नेता कार्यकर्तालाई पुरानो पार्टीको नाम बिर्सन माधव नेपालको आग्रह
जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले अब नेता तथा कार्यकर्ताले माओवादी, एकीकृत समाजवादीजस्ता पुराना पार्टीको नाम बिर्सेर नयाँ नाम अगाडि बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
सर्लाहीको लालबन्दीमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा उनले समाजवाद, न्याय र सम्मानको व्यवस्था स्थापना गर्ने लक्ष्यसहित ११ राजनीतिक घटक एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन भएको स्मरण गराउँदै एकतापछि जिल्लामा पहिलोपटक औपचारिक कार्यक्रम सम्पन्न भएको बताए ।
सहसंयोजक नेपालले आगामी मंसिर २० गते प्रदेश राजधानी जनकपुरमा आयोजना गरिएको बृहत् सन्देशसभालाई सफल बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय बन्न निर्देशन दिए । उनका अनुसार जनताको चाहना पूरा गर्ने उद्देश्यले एकीकृत पार्टी निर्माण गरिएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले नौजवान, युवा र महिलालाई अझ सशक्त रुपमा अगाडि बढाउन पार्टी जिम्मेवार रहने बताए । साथै उनले नेता–कार्यकर्तालाई जनतामाझ गएर समस्या सुन्ने र समाधानमा जुट्न पनि आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण