अन्तरक्रिया तथा मिथिला चित्रकला कार्यशाला सम्पन्न
जनकपुरधाम। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा आइतबार ‘अन्तरक्रिया तथा मिथिला चित्रकला कार्यशाला–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ।
मिथिला कला, संस्कृति तथा सिर्जनशीलताको प्रवर्द्धनमा केन्द्रित यस कार्यशालाले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारलाई एकै मञ्चमा ल्याउँदै अनुभव आदान–प्रदानको अवसर प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी रहे । विशिष्ट अतिथिका रूपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र थुम्केली सहभागी थिए।
साथै ललितकला प्रज्ञा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, शिल्प तथा हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, गोपाल चौधरी, नित्यानन्द मण्डललगायत व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो।
करिब ५० जना कलाकारले सक्रिय सहभागिता जनाएका कार्यशालामा मिथिला चित्रकलाका विभिन्न शैली, प्रविधि तथा सांस्कृतिक अभिव्यक्तिबारे अन्तरक्रिया र अभ्यास गरिएको थियो।
सहभागी कलाकारहरूले कार्यशालाले आफ्नो कलात्मक दृष्टि विस्तार गर्न, नयाँ सिर्जनात्मक आयाम बुझ्न र अनुभव बाँड्न ठुलो सहयोग पुगेको प्रतिक्रिया दिए।
कार्यक्रमको अध्यक्षता मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले गरे । सञ्चालन कोषका सदस्य–सचिव श्यामसुन्दर शशिले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण