विवाहपञ्चमीका कारण जनकपुरका विद्यालय तीन दिन बन्द गरिने
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचनामा मंसिर ८ गते सोमबारदेखि मंसिर १० गते बुधबारसम्म विद्यालयको पठनपाठन स्थगित रहने उल्लेख गरिएको छ ।
विवाहपञ्चमी महोत्सवमा देश–विदेशबाट आउने ठुलो संख्यामा भक्तजनको भिडलाई ध्यानमा राख्दै नगरको समग्र वातावरण व्यवस्थापन र सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
नगरमा आयोजना हुने विवाहपञ्चमी मेलामा भव्य भिड हुने भएकाले श्रद्धालु भक्तजनका लागि बास, पिउने पानी तथा सार्वजनिक शौचालय व्यवस्थापनमा सहयोग पुर्याउन विद्यालय तथा सम्बन्धित निकायलाई पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।
शिक्षा शाखाका प्रमुख अन्जु पाण्डेयका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जनकपुरधामलाई व्यवस्थित र स्वागतयोग्य बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन् । भक्तजनलाई सहजता प्रदान गर्न विद्यालयहरूको सकारात्मक योगदान अपेक्षित रहेको पनि उनले उल्लेख गरिन् ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि विवाहपञ्चमीमा लाखौँ भक्तजन जनकपुरधाम आउने अनुमान गरिएको छ । उपमहानगरपालिकाले मेलालाई सुव्यवस्थित बनाउन विभिन्न संयन्त्र सक्रिय गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण