एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर, दुई नयाँ अनुहार
सारांश
- आजको एनपीएल क्रिकेट खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
- जनकपुर बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्दैछ, जसमा किङ्सले ब्याटिङ गर्नेछ।
- अंक तालिकामा विभिन्न टिमहरूको स्थिति र जनकपुरले खेलाडी परिवर्तन गरेको छ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछ । आजको पहिलो खेल पूर्वेली डर्बी अर्थात विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्स खेल्दैछ । बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्दैछ । किङ्सलाई ब्याटिङको निम्तो दिएको छ ।
२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । १ खेलमा १ हार बेहोरेको जनकपुर बोल्ट्स सातौं तथा २ खेलमा हार बेहोरेको पोखरा एभेन्जर्स आठौँ स्थानमा छन् ।
जनकपुरले दुई परिवर्तन गर्ने क्रममा आदित्य महता र संगीथ कुरेलाई खेलाएको छ । जनकपुरको प्लेइङ ११ मा आसिफ शेख, अनिल साह, लाहिरु मिलान्था, सञ्जय कृष्णमूर्ती, संगीथ कूरे, मयन यादव, आदित्य महता, जान निकोल लफ्टी–इटन, रुपेश सिंह, विकाश आग्री, ललित राजवंशी रहेका छन् ।
विराटनगरले अघिल्लो खेल खेलका कुनै खेलाडी परिवर्तन गरेको छैन । विराटनगरको प्लेइङ ११ मा लोकेश बम, जर्ज मन्से, मार्टिन गप्टिल, शुभम रन्जाने, नरेन भट्ट, नारायण जोशी, बसिर अहमद, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सूर्य तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण