'आगामी निर्वाचनपछि पहिलो बैठक निर्माणाधीन सङ्घीय संसद् भवनमा राख्ने गरी काम भइरहेको छ'
सोमबार, ०८ मङ्सिर २०८२, १४ : ३२
काठमाडाैँ । सहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवन आगामी निर्वाचन पछि आउने सांसद बस्न मिल्ने गरी काम अगाडि बढेको बताएका छन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताएका हुन् । उनले निर्वाचन पछि आउने सांसदहरू नयाँ संसद् भवनमा बैठक बस्ने गरी काम सकिने बताए ।
उनले संसद् भवनको काम ८७ प्रतिशत सम्पन्न भएको बन्दै सरकारले नियमित अनुगमन गरिरहेको बताए । उनले अनुसार १२ वटा भवनमध्ये अधिकांशको सिभिल कार्य सकिएको छ र अब फिनिसिङको काम बाँकी रहेको बताए ।
सेन्ट्रल लबीबाहेक अन्य भवनको छाउने काम सम्पन्न भइसकेको छ भने डोमको काम पनि एक महिनाभित्र सकिनेछ । हाल भवनको फल सिलिङ, आल्मुनियमका झ्याल र पेन्टिङको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण