नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई
सोमबार, ०८ मङ्सिर २०८२, १६ : ३५
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली टिमलाई बधाई दिइन्।
- नेपाल श्रीलंकामा सम्पन्न विश्वकपमा उपविजेता बन्यो।
- फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भयो।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छन् । श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएकाे थियाे ।
“दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भयो । फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका वावजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण