होटल-रेस्टुरेन्टले एमआरपी भन्दा बढीमा पानी बेचे कारबाही गर्ने विभागको चेतावनी
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल तथा रेस्टुरेन्टहरुलाई तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएर पिउने पानी बिक्री नगर्न कडा निर्देशन दिएको छ ।
पछिल्लो समय होटल तथा रेस्टुरेन्टहरुले सिलबन्दी गरिएको प्रशोधित पिउने पानी (मिनरल वाटर) मा उपभोक्तासँग मनपरी मूल्य लिने गरेको व्यापक गुनासो आएपछि विभागले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
विभागले भनेको छ, ‘उत्पादकहरूले तोकेको अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढी मूल्य लिई होटल, रेस्टुरेन्ट आदिमा बिक्री गरिरहेको पाइएको छ । उपभोक्ताले मेनुमा उल्लेख भएका वस्तु वा सेवा प्राप्त गरेपछि टेबलमा लगेर राखिएको सिलबन्दी बोतललाई उपभोक्तासँग थप मूल्य लिनु उपयुक्त नदेखिएको हुँदा एमआरपी भन्दा बढी मूल्य लिन पाइने छैन ।’
यदि कुनै व्यवसायीले एमआरपी भन्दा बढी मूल्य लिएको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
विभागले उपभोक्ताहरूलाई सचेत गराउँदै यदि कुनै होटल वा रेस्टुरेन्टले पानीको बोतलमा तोकिएको मूल्यभन्दा बढी रकम असुल गरेमा सप्रमाण उजुरी गर्न समेत आग्रह गरेको छ । उजुरी वा दाबी प्रमाणित भएमा सम्बन्धित व्यवसायीलाई जरिवाना र उपभोक्तालाई क्षतिपूर्ति समेत भराइने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण