नेपाल राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियामा
सोमबार, ०८ मङ्सिर २०८२, २३ : ४१
सारांश
- नेपाली महिला फुटबल टोली इन्डोनेसिया पुग्यो, त्रिदेशीय प्रतियोगितामा भाग लिनेछ।
- ३२ सदस्यीय टोली आइतबार नेपालबाट प्रस्थान गरेको थियो र मंगलबार अभ्यास गर्नेछ।
- प्रतियोगितामा नेपालले इन्डोनेसिया र चाइनिज ताइपेसँग खेल्नेछ।
इन्डोनेसिया नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियाको योकर्तामा आइपुगेको छ । इन्डोनेसियाको योकर्तामा आयोजना हुने त्रिदेशीय महिला फुटबल प्रतियोगितामा सहभगिता जनाउनका लागि आज ३२ सदस्यीय नेपाली टोली यहाँ आइपुगेको हो ।
नेपाली टोली आइतबार नेपालबाट प्रस्थान यसतर्फ गरेको थियो । टोलीले मङ्गलबारबाट अभ्यास गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले जानकारी दिए ।
नेपाली टोली थाइल्याण्ड, इन्डोनेसियाको जकार्ता हुँदै याकर्तामा आइपुगेको हो । प्रतियोगितामा नेपालसहित चाइनिज ताइपे र इन्डोनेसिया सहभागी छन् । नेपालले आफ्नो पहिलो खेल मङ्सिर १० गते आयोजक इन्डोनेसियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण