अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्दै ट्रम्प
बुधबार, १० मङ्सिर २०८२, ०३ : २९
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने भएका छन्।
- ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्तामा व्यापार, रुस-युक्रेन युद्धलगायतका विषयमा छलफल भयो।
- दुवै नेताले आपसी सम्मान र समानताको आधारमा सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष अप्रिलमा चीन भ्रमण गर्ने भएका छन् । ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबिच सोमबार टेलिफोन वार्ता भएको थियो, जसमा ट्रम्पले चीन भ्रमणमा सहमति जनाएका हुन् ।
वार्तामा दुवै नेताबिच व्यापार, रुस-युक्रेन युद्ध, फेन्टानिल रोकथाम तथा ताइवानलगायत महत्त्वपूर्ण विषयमा छलफल भएको बताइएको छ।
ट्रम्पले आफूले ट्रुथ सोसलमा लेख्दै चीनसँगको सम्बन्ध ‘धेरै मजबुत’ भएको उल्लेख गरेका छन्।
चीनको सरकारी समाचार एजेन्सीका अनुसार दुवै देशले आपसी सम्मान र समानताको आधारमा सम्बन्धलाई अझ मजबुत बनाइराख्नुपर्ने बताएका छन्।
दुवै नेता गत अक्टोबरमा दक्षिण कोरियामा भेटिएका थिए, जहाँ ट्यारिफ सम्बन्धी एक समझदारीमा पनि सहमति बनेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण