शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मृत्यु भइसकेकी आमाको पेन्सन लिन छोरानै आमा बनेपछि...

बुधबार, १० मङ्सिर २०८२, १५ : ५८
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । आफ्नी मृत आमाको भेषमा पेन्सन पट्टाको परिचयपत्र नवीकरण गर्न गएपछि उत्तर इटालीमा ५७ वर्षीय पुरुष पक्राउ परेका छन् । 

मेन्टुवा नजिकैको बोर्गाे भिर्जिलियो सहरमा बस्ने ती पुरुषकी आमा ग्राजिएला दल’ओलियोको सन् २०२२ मा ८२ वर्षको उमेरमा मृत्यु भएको थियो । 

तर छोराले आमाको मृत्युबारे सरकारी कार्यालयमा जानकारी गराएनन् । पेन्सन पट्टाको परिचयपत्र नवीकरणका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्ने नियम भएकोले ती पुरुषले मेकअप, खैरो कपालको विग, महिलाका कपडा लगाएर आमाजस्तै बनेर गए । 

उनको अनुहार, हात तथा घाँटीमा देखिएको बाक्लो र पुरुषसुलभ कपाल देखेर कर्मचारीहरूलाई शङ्का लाग्यो । पुरुषको पहिचान भने अधिकारीहरूले सार्वजनिक गरेका छैनन् । उनी पूर्व नर्स थिए । प्रहरीलाई खबर गरिएपछि उनलाई फेरि कार्यालय बोलाइयो । क्यामेराको फुटेजमा ती पुरुष आमाको भेषमै कार चलाएर आएका देखिए ।  

प्रहरीले उनलाई कार्यालयमै रोकेर उनको घरमा गएर खोजी गर्ने क्रममा लन्ड्री कोठाको क्याबिनेटभित्र स्लिपिङ ब्यागमा आमाको शव फेला पारे । शव नगलोस् भनेर पुरुषले सुई प्रयोग गरेर शरीरबाट तरल पदार्थ निकाल्ने प्रयास गरेको प्रहरीको आशङ्का छ । शवको पोस्टमार्टम गर्ने आदेश दिइएको छ भने यस रिपोर्टले घटनाबारे थप जानकारी मिल्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप