कोरियामा रहेका नेपालीका कानुनी र श्रम समस्याबारे छलफल
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाको संयुक्त आयोजनामा ‘वृहत अन्तरक्रिया कार्यक्रम’ हुने भएको छ।
कोरियामा रहेका नेपाली समुदायका विविध समस्या र तिनको समाधानमा केन्द्रित रहँदै आगामी डिसेम्बर ७, २०२५ (आइतबार) का दिन सउलमा यो कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले जानकारी दिए ।
कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरिएको यस कार्यक्रममा प्राध्यापक, श्रमिक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ।
कार्यक्रम विशेष गरी कोरियामा कार्यरत नेपालीहरूले कार्यस्थल भित्र र बाहिर भोग्नुपरेका व्यावहारिक जटिलताहरूमा केन्द्रित रहनेछ। आयोजकका अनुसार कानुनी, श्रम, भिषा, अधिकार र जिम्मेवारीसम्बन्धी विषयमा देखिएका समस्याहरू समाधान गर्न कार्यक्रम फलदायी हुनेछ।
सहभागीहरूलाई सही मार्गदर्शन प्रदान गर्नका लागि कार्यक्रममा कानुनी व्यवसायी, सम्बन्धित विषयका विशेषज्ञ तथा सरोकारवाला व्यक्तिहरूको विशेष उपस्थिति रहनेछ।
आफ्ना समस्याहरू सम्बन्धित निकाय वा व्यक्तिसम्म पुर्याउन नसकेका वा कानुनी प्रक्रिया बुझ्न कठिन भएका नेपालीहरूका लागि यो कार्यक्रम महत्त्वपूर्ण अवसर बन्ने बताइएको छ। सहभागीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष प्रश्न राख्न, सल्लाह लिन तथा समस्या समाधानका उपायहरूबारे जानकारी लिन सक्नेछन्। आवश्यक परेको खण्डमा विशेषज्ञहरूले तत्कालै सहयोग र मार्गदर्शन समेत प्रदान गर्नेछन्।
कार्यक्रम सउलको जोङ्नो–गु , छाङसिन–गिल ५१ स्थित भवनको पाँचौँ तलामा आयोजना हुनेछ। कार्यक्रम दिउँसो १२:०० बजेबाट सुरु हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण