नेपाली कम्युनिस्ट पार्टी र जसपाको श्रेष्ठ समूहबिच आज एकता
बिहीबार, ११ मङ्सिर २०८२, ०७ : १२
सारांश
- प्रचण्ड नेतृत्वको नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता घोषणा हुने भएको छ।
- काठमाडौंको राष्ट्रियसभा गृहमा दिउँसो १ बजे एकता घोषणा सभा सुरु हुनेछ।
- एकता समारोहमा दुवै पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबिच आज एकताको औपचारिक घोषणा हुने भएको छ ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा एकता घोषणा हुने भएको हो । जसपाका नेता दुर्गा सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिउँसो १ बजे सुरु हुनेछ ।
एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण