घनश्यामको आरोप– ठुला भनिएका कम्युनिस्ट पार्टीका नेतृत्व दलाल पुँजीवादसँग बिकिसके
सारांश
- घनश्याम भुसालले कम्युनिस्ट पार्टीको नेतृत्व गलत हुँदा आन्दोलन कमजोर भएको बताए।
- उनले दलाल पुँजीवादसँगको सम्बन्धका कारण नेतृत्व कमजोर भएको निष्कर्ष निकाले।
- भुसालले एमाले र माओवादीको विकल्प खोज्नुपर्ने र जेनजी आन्दोलनको महत्वबारे चर्चा गरे।
काठमाडौँ । पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले कम्युनिस्ट पार्टीको नेतृत्व सही नहुँदा कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएका छन् ।
बिहीबार राजधानीमा भएको पार्टी एकता सभामा बोल्दै भुसालले दलाल पुँजीवादसँग नेतृत्वको लसपस हुँदा आन्दोलन कमजोर भएको निष्कर्ष निकाले ।
‘ठुला भनिएका कम्युनिस्ट पार्टीका नेतृत्व दलाल पुँजीवादसँग बिकिसकेका छन् । उनीहरू दलालसँग उदार छन् । बुर्जुवा राजनीति, चालचलनसँग,उठबससँग उदार छन् । तर आफ्नै पार्टीभित्र अनुदार छन् । पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्दैनन् । बरु बाहिरका प्रतिक्रियावादी, दलाल पुँजीवादीसँग सौदाबाजी गर्छन् । एमालेले कस्ता मान्छेलाई टिकट दिन्छ र पार्टीभित्र कस्तालाई कारबाही गर्छ भन्ने कुरा फेहरिस्त लामो छ’, उनले भने ।
भुसालले त्यस्ता नेताहरूलाई इतिहासको कठघरामा उभ्याउन सकिएमात्र एमालेको व्यक्तिवादी दक्षिणपन्थी र माओवादीको अवसरवादी सत्तामुखी दक्षिणपन्थीको विकल्पमा ठुलो भूमिका खेल्न सकिने बताए ।
नेपालमा न्यायाधीशहरू नेता जस्तो, नेता बिचौलिया जस्ता भएकाले जनताको आकांक्षा पुरा गर्न नसकिएको उनले स्पष्ट पारे । त्यसको आक्रोश जेनजी आन्दोलनमार्फत पोखियो भुसालले बताए ।
उनले भने, ‘जेनजी आन्दोलनको फाइदा लोकप्रियतावादी, पुनरुत्थानवादीले उठाउन खोजे । त्यसकै परिणाम भदौ २४ गते विध्वंस मच्चियो । फेरी राजनीति पुरानै दलहरूको हातमा गयो भने देश झन् डरलाग्दो द्वन्द्वमा जाने खतरा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
पार्टीमा एकता कायम गर्न देउवा समूहले राखेका प्रस्तावबारे बोलेनन् उपसभापति शर्मा
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण