महाधिवेशन विवाद मिलाउन देउवा, खड्का र महामन्त्रीद्वय छलफलमा
सारांश
- नेपाली कांग्रेसभित्र महाधिवेशनको विवाद मिलाउन सभापति देउवा, कार्यवाहक सभापति र महामन्त्रीहरूबीच छलफल सुरु भएको छ।
- संस्थापन पक्ष निर्वाचन अगाडि महाधिवेशन गर्न सकारात्मक देखिएपछि मध्यमार्गी प्रस्तावबारे छलफल भइरहेको छ।
- पार्टीको १५ औँ महाधिवेशनबारे पुस मसान्तसम्म महाधिवेशन गर्ने गरी मध्यमार्गी कार्यतालिका ल्याउने विषयमा छलफल भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन विवाद मिलाउन सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच छलफल सुरु भएको छ ।
संस्थापन पक्ष निर्वाचन अगाडि महाधिवेशन गर्ने कार्यतालिका ल्याउन सकारात्मक बनेपछि मध्यमार्गी प्रस्तावको तयारीका लागि सभापति कार्यवाहक सभापति र महामन्त्रीद्वयको छलफल सुरु भएको हो ।
सभापति देउवा निवासमा बिहीबार साँझ पार्टीको १५ औँ महाधिवेशन बारे मध्यमार्गी प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको छ ।
देउवा निकट स्रोतका अनुसार पुस मसान्तसम्म १५औँ महाधिवेशन गर्ने गरी मध्यमार्गी कार्यतालिका ल्याउने विषयमा छलफल सुरु भएको हो ।
गत असोज २८ गतेदेखि सुरु कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनका लागि दुई वटा प्रस्ताव पेस भएका छन्।
कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेपछि कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा पुगेको छ ।
सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले र महामन्त्री थापाको प्रस्तावलाई अर्का महामन्त्री शर्मा र इतर समूहका नेताहरूले समर्थन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण