एनपीएलमा आज
काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै
शुक्रबार, १२ मङ्सिर २०८२, ०५ : ५०
सारांश
- आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेलहरू काठमाडौंमा हुँदैछन्।
- पहिलो खेल चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।
- विराटनगर किङ्स प्लेअफको लागि अघि बढ्न आजको खेल जित्न चाहन्छ।
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबिच हुनेछ ।
चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ । तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण