मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
शुक्रबार, १२ मङ्सिर २०८२, ०९ : २०
सारांश
- तीव्र गतिका कारण मोटरसाइकल ट्रकमा ठोक्कियो र चालकको मृत्यु भयो।
- दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भए, उनको उपचार भइरहेको छ।
सुनसरी । तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएकाे छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण