भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय
सारांश
- भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय बनाउन सुरु गरेको छ ।
- दुईवटा स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ, अरु दुई पहिले नै सञ्चालनमा छन् ।
- महानगरले थप ठाउँमा शौचालय बनाउन जग्गा खोज्दैछ ।
चितवन । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् ।
भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले महानगरका कार्यालय नजिकै स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गरेको कुरा बताए, काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
“छिमेकी जिल्ला प्रहरी कार्यालयको जमिनमा सडकतर्फ फर्काएर शौचालय बनाइएको छ । दुवैको काम अन्तिम चरणमा पुगेको छ । रु एक करोडको लागतमा यी दुई आधुनिक स्मार्ट शौचालय बनाइएको हो”, उनी भन्छिन् ।
आचार्यका अनुसार महानगरपालिका नजिक बन्दै गरेको शौचालय थारू संस्कृति झल्कने खालको छभने प्रहरी कार्यालय नजिकको आधुनिक स्वरुपको रहेको छ ।
भित्री भागमा दुवैमा एउटै खालको सुविधा छ । उनले अपाङ्गमैत्री यी दुवै शौचालयमा महिलाका लागि स्तनपान कक्ष, ड्राइपर तथा सेनिटरी प्याड परिवर्तनका लागि सुविधा उपलब्ध हुने जानकारी दिइन् । यससँगै धारामा सेन्सर जडान गरिएको छ । दुवै शौचालयमा महिला र पुरुषका लागि नुहाउन मिल्नेगरी व्यवस्था मिलाइएको छ ।
यसअघि महानगरपालिकाले भरतपुर अस्पताल अगाडि, गोन्द्राङ् र आँपटारीमा आधुनिक सार्वजनिक शौचालय बनाएको थियो । ती शौचालय रु ७० लाख खर्च गरेर बनाइएको हो ।
महानगर प्रमुख रेनु दाहालले स्थान अभावका कारण सहरी क्षेत्रमा आवश्यक सङ्ख्यामा स्मार्ट शौचालय बनाउन नसकिएको बताइन् । समयसापेक्ष स्मार्ट शौचालयहरु बनाउँदै लैजाने लक्ष्य महानगरको रहेको उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाले मुख्य बजार क्षेत्र लायान्स चोक, सहिद चोक र पुलचोकमा स्मार्ट शौचालयका लागि जग्गा खोजी भइरहेको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण