थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु
काठमाडौँ । थाइल्याण्डमा बाढीले वितण्डा मच्चाएको छ । अविरल वर्षाका कारण भएको विपत्तिमा अहिलेसम्म १४५ जनाको मृत्यु भएको छ । पानीको सतह घट्दै जाँदा, यस क्षेत्रमा भत्किएका घर, पल्टिएका सवारी साधन र भग्नावशेषहरू छरप्रष्ट देखिन थालेका छन् ।
थाइल्याण्डको विपद् व्यवस्थापन विभागका अनुसार, १२ प्रान्तमा १२ लाख घर र ३६ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।
सोङखला प्रान्तमा सबैभन्दा बढी क्षति भएको छ । यस प्रान्तमा मात्रै ११० जनाको मृत्यु भएको छ । पानीको स्तर घट्न थालेपछि उद्धार टोलीहरूलाई पहिले पूर्ण रूपमा डुबेका क्षेत्रहरूमा पुग्न सकेका छन् । सोङखला प्रान्तमा मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढेको छ ।
हात याई शहरका कयौँ बस्ती पूर्ण रूपमा डुबेका थिए । जसका कारण उद्धारकर्ताहरू त्यहाँ जान सकेका थिएनन् । पानीको सतह घट्दै जाँदा ठुलो सङ्ख्यामा शवहरू बरामद भइरहेका छन् । अधिकांश प्रभावित क्षेत्रहरूमा पानीको स्तर घट्दै गएको भए पनि धेरै ठाउँमा पानीको स्तर उच्च रहेको प्रकोप विभागले बताएको छ ।
मौसम विभागले वर्षामा कमी आएको पुष्टि गरेको भए पनि केही क्षेत्रमा आँधीबेहरीको चेतावनी जारी गरेको छ । उद्धार कार्यहरू तीव्र पारिएको र अलपत्र परेका मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको सरकारले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण