बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ताप्लेजुङमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

शुक्रबार, १२ मङ्सिर २०८२, २० : २२
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • सिदिङवामा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भयो।
  • डेनी तामाङको घरमा आगलागी हुँदा टिनको छानो, काठपात, मेसिनरी सामान, ल्यापटप, कम्प्युटरलगायत जलेर नष्ट भए।
  • प्रहरी र स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा आएको हो।

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब रु ५० लाखबराबरको क्षति भएको छ ।

स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए ।

आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप