शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समाजवादी प्रेस सङ्गठनले गर्‍यो श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग

शुक्रबार, १२ मङ्सिर २०८२, २२ : १२
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • समाजवादी प्रेस सङ्गठनले श्रमजीवी पत्रकारको सुरक्षा र हकहितका लागि पहल गर्ने निर्णय गर्यो ।
  • बैठकले अन्य प्रगतिशील पत्रकारहरूलाई पनि अभियानमा जोडिन आह्वान गर्यो ।
  • वाम पार्टीहरूको एकतालाई स्वागत गर्दै, एकीकरण सम्मानजनक हुनुपर्ने निर्णय भयो।

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा तथा पेसागत हकहितका विषयलाई अझ सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यालय बैठकले सङ्गठन बाहिर रहेका र अन्य प्रगतिशील पत्रकारहरूलाई पनि यो अभियानमा जोडिन आह्वान गरेको हो ।

बैठकले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)  लगायतका विचार मिल्ने वाम पार्टीहरूबिच हालै भएको एकताको स्वागत गरेको छ । विचार मिल्ने पार्टीहरूबिच भएको एकतालाई सङ्गठनले सकारात्मक रूपमा लिने निर्णय गर्दै एकताको स्वागत गरेको हो ।

वाम शक्तिबिच सुरु भएको ध्रुवीकरण प्रक्रियालाई सहज ढङ्गले लिने र त्यसका लागि आवश्यक वातावरण बनाउने निर्णय गरेको बैठकले एकताबद्ध भएका पार्टीका भातृ सङ्गठनहरूबिच हुने एकीकरण सम्मानजनक हुनुपर्ने निर्णय गरेको उपमहासचिव प्रेम गौतमले जानकारी दिए ।

मुलुकमा विद्यमान समस्या समाधानका लागि कम्युनिस्ट एकताको ऐतिहासिक आवश्यकता वोध गर्दै बैठकले कम्युनिस्ट आन्दोलनमा विभाजन, विघटनको क्रम चलिरहेको बेला प्रगतिशील शक्तिहरूको एकताले आमजनतालाई उत्साहित बनाएको ठहर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप