भारतको आर्थिक वृद्धि दर ८.२ प्रतिशतमा पुग्यो
शनिबार, १३ मङ्सिर २०८२, ०३ : ३७
सारांश
- भारतले आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिकमा ८.२ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको छ।
- गत वर्षको सोही अवधिमा वृद्धि दर ५.६ प्रतिशत मात्र रहेको थियो भने चालु वर्षको पहिलो त्रैमासिकमा ७.८ प्रतिशत थियो।
- उत्पादन र सेवा क्षेत्रको योगदानका कारण आर्थिक वृद्धिदर बढेको बताइएको छ।
काठमाडौँ। भारतले चालु आ.व. २०२५/२६ को दोस्रो त्रैमासिकमा ८.२ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको छ। गत वर्ष यही अवधिमा वृद्धि दर ५.६ प्रतिशत मात्र थियो, भने यस वर्षको पहिलो त्रैमासिकमा ७.८ प्रतिशतमा वृद्धि भएको थियो।
भारतीय सरकारको सांख्यिकी तथा योजना कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस त्रैमासिकमा भारतको नोमिनल जीडीपी ८.७ प्रतिशतले बढेको छ।
रिपोर्टका अनुसार यस वृद्धि पछाडि उत्पादन (म्यानुफ्याक्चरिङ) तथा सेवा क्षेत्रको ठुलो योगदान रहेको छ। यस त्रैमासिकमा द्वितीयक क्षेत्रमा पर्ने म्यानुफ्याक्चरिङ ९.१ प्रतिशतले बढेको छ भने सेवा क्षेत्रमा वृद्धि दर ९.२ प्रतिशत पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण