मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

पाटन दरबार क्षेत्रलाई सवारीसाधनमुक्त बनाइँदै, तस्बिरहरू

शनिबार, १३ मङ्सिर २०८२, १५ : ०३
शनिबार, १३ मङ्सिर २०८२

ललितपुर । ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रलाई सवारीसाधनमुक्त बनाउने कार्यक्रम सुरु गरेको छ ।

“पाटन पाइला पाइलैमा” नाम दिइएको यो कार्यक्रम पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्‍म र स्वठ चोकदेखि क्यालखु चोक भेहिकल फ्री जोन गरिएको छ । 

यी क्षेत्रमा मंसिर १३, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म प्रवेश निषेध गरिएको छ । यी क्षेत्रमा मंसिर २४ र २७ गते पनि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सवारी साधन निषेध गरिएको छ । 

यस्तै, दोस्रो चरणमा तिछुगल्ली, मंगलबजार चोकदेखि चक्रबहिल चोकसम्म दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म निषेध गरिएको छ । 

सोही क्षेत्रमा पुस १६ र १९ गते बिहान ८ बजेदेखि ७ बजेसम्म सवारी साधन निषेध गरिएको छ ।

13-IMG_541614-IMG_541915-IMG_543216-IMG_5434_117-IMG_543518-IMG_5437

01-IMG_0931_102-IMG_0932_203-IMG_093704-IMG_096505-IMG_5397_106-IMG_539807-IMG_539908-IMG_540309-IMG_540610-IMG_540911-IMG_5411_112-IMG_5414

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप