राजनीतिक परिवर्तनसँगै आर्थिक–सामाजिक रूपान्तरण अपरिहार्य : उपेन्द्र यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको बताएका छन् ।
दलित, पिछडा वर्ग, थारु आदिवासी र अल्पसङ्ख्यक (डोटिम) परिसंघ धनुषाको जिल्ला स्तरीय वृहत् अन्तरक्रिया कार्यक्रममा शनिबार अध्यक्ष यादवले राजनीतिक परिवर्तनले मात्र देश समृद्ध हुन नसक्ने बताएका हुन् ।
उनले अबको आवश्यकता आर्थिक र सामाजिक परिवर्तनको दिशामा अघि बढ्नु रहेको भन्दै त्यसका लागि सङ्गठित प्रयास अपरिहार्य रहेको बताए ।
यादवले अबको ‘क्रान्ति’ आर्थिक र सामाजिक रूपान्तरणका लागि हुनु पर्ने र त्यसको नेतृत्व डोटिम परिसंघले लिनु पर्ने धारणा राखे । समाजको तल्लो तहमा रहेका वर्ग तथा समुदायको अवस्था नबदलेसम्म राजनीतिक परिवर्तन अर्थहीन हुने भन्दै उनले समाजमा व्याप्त विकृति, विसङ्गति अन्त्य नभएसम्म लोकतन्त्रको सार्थकता नहुने बताए ।
दलित, पिछडा वर्ग र अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिता र सत्तामा साझेदारी बिना समावेशी लोकतन्त्रको कल्पना गर्न नसकिने उनको भनाइ थियो । सामाजिक लोकतन्त्रको अभ्यासमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सबै समुदायलाई एकजुट हुन आह्वान गरे ।
कार्यक्रम डोटिम परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवान को अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा परिसंघका सल्लाहकार डा। पिके ठाकुर ले डोटिम परिसंघ स्थापनाको उद्देश्य र आगामी कार्यदिशाबारे आफ्नो धारणा प्रस्तुत गरे ।
धनुषा जिल्लाभरिका परिसंघ आबद्ध नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा आर्थिक–सामाजिक न्याय र समावेशी लोकतन्त्रबारे गहन छलफल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण