काठमान्डुले गुमायो तेस्रो विकेट, मिलिन्द रन आउट
आइतबार, १४ मङ्सिर २०८२, १८ : १९
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजको तेस्रो विकेट पतन भएको छ ।
तेस्रो विकेटको रूपमा काठमान्डुका अलराउन्डर मिलिन्द कुमार १५ रन बनाउँदै रन आउट भएका हुन् ।
स्पिनिर विपिन प्रसाद शर्माको बलिङ गरेपछि फिल्डरकै हातमा बल हुँदा पनि मिलिन्द रन लिन कुदेका थिए । अर्का ब्याटर जेराल्ड एरास्मस पनि सोहीतर्फ फकिँदा सजिलै रन आउट भएका हुन् ।
१५० रनको लक्ष्य पाएको काठमान्डुले ११ ओभरमा ७१ रन बनाउँदा ३ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण