सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

सोमबार, १५ मङ्सिर २०८२, १० : ४०
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने भएको छ । 

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि शुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो । मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरुले रिट दर्ता गरेका थिए । 
तीनवटै रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ । 

उक्त रिटमा यसअघि मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वको कुनै पनि निर्णय नगर्न नगराउन भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तत्कालीन प्रदेश प्रमुखले होटलमै एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि यो विवाद सर्वोच्च पुगेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप