‘जेनजी’हरुको आकर्षण हाम्रो पार्टीमा छ : माधवकुमार नेपाल
सारांश
- माधवकुमार नेपालले नयाँ पुस्ताको आकर्षण आफ्नो पार्टीमा बढिरहेको दाबी गरे।
- उनले पार्टीमा भ्रष्टाचार, कुशासन र माफियागिरी अन्त्य गर्न नयाँ सोच अघि सारेको बताए।
- नेपालले आगामी निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर पहिलो शक्ति बन्ने गरी तयारीमा लाग्न निर्देशन दिए।
विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्ता (जेनजी) को आकर्षण आफ्नो पार्टीमा बढिरहेको दाबी गरेका छन् ।
सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले काठमाडौंसहित विभिन्न स्थानबाट ‘जेनजी’ योद्धाहरु पार्टीमा प्रवेश गरिरहेको बताएका हुन् ।
‘जेनजीहरु पनि यो पार्टीप्रति आकर्षित छन् । वार्तामा बसेका जेनजी योद्धाहरु समेत हाम्रो पार्टीमा आउनुभएको छ,’ नेता नेपालले भने, ‘त्यसैले यो पार्टी युवा, महिला, दलित, आदिवासी र जनजातिको साझा पार्टी हो ।’
नेता नेपालले मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, माफियागिरी र दलाली प्रवृत्तिको अन्त्य गर्न आफ्नो पार्टीले नयाँ सोच अघि सारेको बताए । उनले पार्टीमाथि कसैले प्रश्न उठाए डटेर जवाफ दिन कार्यकर्तालाई निर्देशन दिए । ‘हामीले असम्भव भनिएका कुरालाई सम्भव तुल्याएका छौं,’ उनले भने, ‘अब अपराधीकरणको प्रवृत्तिलाई अन्त्य गर्न नयाँ ढंगले अघि बढ्नुपर्छ ।’
विराटनगरको ऐतिहासिक महत्वलाई स्मरण गर्दै नेता नेपालले मनमोहन अधिकारी, भरतमोहन अधिकारी र कमल कोइरालाजस्ता योद्धाहरु यहीँको उत्पादन भएको बताए । उनले विगतमा धेरै पार्टीलाई एकताबद्ध बनाएर २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन गरेको र काम गरेर देखाएको इतिहास साटे ।
‘हाम्रा प्रधानमन्त्री र मन्त्रीहरुले गरेका राम्रा कामको प्रचार गरौं, कमजोरी भए स्वीकार गरौं,’ नेपालले भने । नेता नेपालले आफ्नो पार्टीमा कमजोर मानिसहरु नभई ‘एक से एक’ सक्षम व्यक्तिहरु रहेको जिकिर गरे । उनले आगामी निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर पहिलो शक्ति बन्ने गरी तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
‘अरु पार्टीभन्दा कमजोर मानिसहरु यो पार्टीमा छैनन्, आउने चुनावमा सबैभन्दा धेरै मत पाएर अघि बढ्ने ढंगले सबै लागौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण