झापा- २ बाट एक मन्त्री र दुई मेयरसहित ९ जना एमाले महाधिवेशन प्रतिनिधि निर्वाचित
सारांश
- झापा क्षेत्र नम्बर २ बाट एमालेको महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन्।
- कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की सर्वाधिक मतसहित निर्वाचित भए।
- झापाका अन्य क्षेत्रबाट पनि महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भए, जसमा महिला र युवाको पनि सहभागिता रहेको छ।
विर्तामोड । झापा क्षेत्र नम्बर २ बाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् । आज भएको पुनः मतगणनामा ९ जना निर्वाचित भएका हुन् ।
कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका छन् । यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र कोशी प्रदेशका सांसद चिन्तन पाठक १४१४ निर्वाचित भएका हुन् ।
मत गणनाका क्रममा सुरुमा विवाद भएपछि आज बिहानबाट खुल्ला तर्फको पुनः मत गणना गरिएको थियो । विवाद हुँदा ६ सय मत गणना गर्न बाँकी थियो ।
सो क्षेत्रमा महिलातर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महतारा प्रसाई १८८०, पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मतसहित निर्वाचित भएका छन् । युवातर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भएका छन् ।
सो क्षेत्रमा खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए ।
उता, झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दीपक बराल निर्वाचित भए ।
यसैगरी क्षेत्र नं. ३ बाट दुई महिलासहित ६ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र वसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुल्लातर्फ रोशन थोप्रा, रवीन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवातर्फ रोशन सुवेदी निर्वाचित भएका छन् ।
त्यसैगरी क्षेत्र नं. ५ मा खुल्लातर्फ अम्बिकाप्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिला तर्फ अम्बिकादेवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लीला ढुङ्गेल दाहाल निर्वाचित भएका छन् । युवातर्फ युवराज पौडयाल (विवश) निर्वाचित भएका छन् ।
झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुनेछन् । दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन भएको हो । दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण