न्यानो घाम खोज्ने क्रममा
तिमीलाई पर्खिँदा पर्खिँदै
तिमीलाई हेर्दा हेर्दै
आयुहरू कति हतास भए
भो, नसोध
खुसीहरू कति असरल्ल पोखिए
भो, त्यो पनि नसोध ।
तिमी आउँछौं भनेर
यी निस्तेज हेराइहरु पनि
जो आँखाभरि
आस्था, विश्वास र खुसी बोकेर
निरन्तर जीवन खोजिरहेका छन्
आक्रोश, अनास्था र विस्मात्
मनभरि पालेर
खुसी मनाइरहेछन्
यी अग्ला पहाड़हरू पनि
आफ्नो अग्लाईलाई क्रमश: होच्याएर
विवशता भनिरहे झैं लाग्छ ।
अलिकति आस्थाहरूमा
अलिकति विश्वासहरूमा
अलिकति खुसीहरूमा
कठाङ्ग्रिएको जिन्दगी बिसाएर
मन अझै हास्न सकेको छैन
मन रून पनि त सकेको छैन
न्यानो घाम खोज्ने क्रममा
हुस्सुभित्र स्वयम् हराएको
मेरो परिवेश
चौबाटो कुरेर
धेरै नदीहरू नुहाएर
तिम्रै आगमन पर्खिरहेका छन्
तिम्रै उदय हेरिरहेका छन् ।
हुन सक्छ,
तिम्रो आगमनमा
मायाप्रीतिका कुरा मात्र होस्
त्यहाँ फूलमालाका सिलसिला मात्र होस्
तर सम्पूर्ण बन्देजलाई मेटेर
तिमीले प्रत्येक घर, आँगनमा
प्रत्येक मनमस्तिष्कमा
न्यानो परिवेश हुर्काई दिन सक्नु परेको छ
जिन्दगीलाई भोग्न सक्ने
बलियो विश्वास सर्वत्र जगाइदिन सक्नु परेको छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण