गोलभेँडाको मूल्य एक सातामा ३२ प्रतिशतसम्म घट्यो
मङ्गलबार, १६ मङ्सिर २०८२, १२ : ३२
१
सारांश
- एक हप्तामा गोलभेँडाको मूल्य ३२ प्रतिशतसम्म घटेको छ।
- कालीमाटी तरकारी बजारका अनुसार, भारतीय सानो गोलभेँडाको मूल्य ८५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।
- लोकल र टनेल गोलभेँडाको मूल्यमा पनि गिरावट आएको छ।
काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ३२ प्रतिशतसम्म घटेको छ । कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको मूल्य विवरणअनुसार मंगलबार (आज) भारतीय सानो गोलभेँडा ३२ प्रतिशतले घटेर औसत मूल्य ८५ रुपैयाँ कायम भएको छ । गत साता यो गोलभेँडा १०५ रुपैयाँ प्रतिकिलो रहेको थियो ।
यस्तै लोकल सानो गोलभेँडा १९.०५ प्रतिशतले घटेर प्रतिकिलो ८५ रुपैयाँ औसत मूल्य कायम भएको छ । अघिल्लो साता लोकल सानो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ औसत मूल्य रहेको थियो ।
सानो टनेल गोलभेँडा १७.२९ प्रतिशतले घटेको छ । यो गोलभेँडा अघिल्लो साता प्रतिकिलो १३३ रुपैयाँ औसत मूल्य रहेकोमा आज ११० रुपैयाँ औसत मूल्यमा कायम भएको छ ।
सानो तराई गोलभेँडा १६ प्रतिशतले घटेको छ, अघिल्लो साता १२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको यो गोलभेँडा आज १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण