हेटौँडाको सडक विस्तारमा अवरोध पुर्याउनेलाई कडा कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी
सारांश
- मकवानपुर जिल्ला प्रशासनले सडक विस्तारमा बाधा पुर्याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
- प्रशासनले हेटौँडा बजार क्षेत्रमा सडक विस्तारमा अवरोध गर्ने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाही गर्ने जनाएको छ।
- सडक विस्तार अभियानमा अवरोध गर्ने व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिने प्रशासनको भनाइ छ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्याउनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्याउने र व्यवसायीहरूलाई धम्की दिने समूहलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
सडक डिभिजन कार्यालयको अभियानमा बाधा न पुर्याउन प्रशासनले आग्रह गरेको छ । सडक डिभिजन कार्यालय मकवानपुरले गत मङ्सिर ५ गते नै सूचना जारी गर्दै सडक विस्तारका लागि तयारी पूरा भएको जनाएको छ ।
प्रशासनका अनुसार, सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गते अगावै आफ्ना पसलहरू अन्यत्र सार्ने र सामानहरू ‘सेल’ लगायतका अफर राखेर बिक्री वितरण गरी सहयोग गरिरहेका छन् ।
तर, केही व्यक्तिहरूले व्यवसायीहरूको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाक–धम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पुर्याउने गतिविधि गरिरहेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने उद्धेश्ले प्रेरित कुनैपनि गतिविधि गर्ने व्यक्तिहरू प्रति पूर्ण सचेत रहेको छ । सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न-नगराउन पुनः अनुरोध गरिन्छ ।’ सूचनामा उल्लेख छ, ‘यदि कसैले कानुन बर्खिलाप गरी सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण