एनपीएलः काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन आमनेसामने हुँदै
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत बिहीबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्।
- सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरिसकेको छ, र काठमाण्डु गुर्खाज दोस्रो स्थानमा छ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलहरू बिहान र दिउँसो हुने तय गरिएको छ।
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राईनोज आमनेसामने हुनेछन्।
पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय गरिएको छ।
हालसम्म अपराजित सुदूरपश्चिम रोयल्स दश अंकसहित तालिकाको पहिलो स्थानमा रहँदै ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेको छ। बाँकी टिम भने प्लेअफ स्थानका लागि प्रतिस्पर्धामा रहेका छन्।
काठमाण्डु गुर्खाज आठ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने चार-चार अंक प्राप्त गरेको पोखरा एभेन्जर्स पाँचौं र चितवन राईनोज छैटौं स्थानमा छन्।
आजका दुवै खेलले तालिकाको अवस्था र प्लेअफ समीकरणलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण