एनपीएल
काठमान्डुले हार्यो टस, पहिले ब्याटिङ गर्ने
बिहीबार, १८ मङ्सिर २०८२, ११ : ३१
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको पोखराका लागि यो खेल बढी महत्त्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि जित्न सके पोखराको प्लेअफ सम्भावना बलियो बन्ने छ ।
पोखरा पराजित भएमा भने अधिकतम ६ अंकसम्म मात्र पुग्न सक्छ जसले प्लेअफको सम्भावना कमजोर बनाउने छ । ६ खेलमा ८ अङ्कसहित शीर्ष चारमा रहेको काठमान्डु आज विजयी भएमा प्लेअफमा पुग्नेछ ।
पराजित भएमा काठमान्डु अन्य नतिजामा भर पर्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण