रवि लामिछाने भेट्न नख्खु पुगे सुदन
बिहीबार, १८ मङ्सिर २०८२, १५ : १०
काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार पुगेका छन् ।
पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रवि लामिछाने एक हुनुपर्छ भन्दै आएका गुरुङ बिहीबार लामिछानेलाई भेट्न कारागार पुगेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौँ र उहाँको धारणा पनि सुन्नेछौँ।’
गुरुङले जेनजी आन्दोलनले पुराना शक्तिहरूलाई खारेज गरेको भन्दै नयाँ र वैकल्पिक शक्ति एक हुनुपर्नेमा जोड दिए ।
पछिल्लो समय गुरुङ सरकारप्रति आक्रोशित देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण