सञ्जय र महिमा अभिनित ‘दुर्लभ प्रसाद की दुसरी शादी’को ट्रेलर सार्वजनिक
मुम्बई । अभिनेता सञ्जय मिश्र र अभिनेत्री महिमा चौधरी स्टारर कमेडी ड्रामा फिल्म ‘दुर्लभ प्रसाद की दुसरी शादी’को ट्रेलर सार्वजनिक भएको छ ।
२ मिनेट ५० सेकेन्डको ट्रेलरको सुरुवात सञ्जय मिश्रबाट हुन्छ । फिल्ममा सञ्जय मिश्रको छोराको भूमिकामा रहेका मुरली (व्योम यादव) को विवाहको कुरा चल्छ । व्योम महक (पलक लालवानी)सँग विवाह गर्न चाहन्छन् । तर, केटी पक्षले ‘जुन घरमा कुनै महिला सदस्य छैनन्, त्यस घरमा छोरी नदिने’ अडान राख्छन् ।
घरमा बाबु र छोरा मात्र भएका कारण यो समस्या समाधान गर्न मुरलीले आफ्ना पिता दुर्लभ प्रसाद (सञ्जय मिश्र)को दोस्रो विवाह गराउने अनौठो योजना बनाउँछन् । यसपछि सुरु हुन्छ दुर्लभ प्रसादका लागि दुलही खोज्ने रमाइलो दौडधूप ।
यसै क्रममा ट्रेलरमा बबीता (महिमा चौधरी) को इन्ट्री हुन्छ । उनी रक्सी र चुरोट पिउने एक बोल्ड महिलाको भूमिकामा देखिएकी छन् । कथा कसरी अगाडि बढ्छ, कस्ता ट्विस्टहरू आउँछन् र अन्त्यमा के मुरली र दुर्लभ प्रसाद दुवैको विवाह हुन पाउँछ ? यी सबै कुरा फिल्म हेरेपछि मात्र थाहा हुनेछ ।
सिद्धान्त राज सिंहद्वारा निर्देशित फिल्ममा सञ्जय र महिमाका अलावा व्योम यादव, पलक लालवानी र श्रीकान्त वर्माको मुख्य भूमिका रहेको छ । फिल्म आगामी १९ डिसेम्बरमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण