महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
झापा । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको पहिलो खेलमा एपिएफ क्लब विजयी बनेको छ । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
एपिएफले १५–२५, १८–२५ र १८–२५ अङ्कले तीन सेटमा आर्मीलाई पराजित गरेको थियो भने आर्मीले २२–२५ अङ्कले एउटा सेट आफ्नो पक्षमा पारेको थियो । खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी सृष्टि खड्गी भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।
यसैगरी आजको दोस्रो खेलमा न्यू डायमन्ड क्लबलाई हराउँदै नेपाल पुलिस विजयी भयो । पुलिसले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी रिमा कुँवर भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।
शुक्रबार पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिबल टोली र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा बाँडिएको छ ।
अर्जुनधारा–६ स्थित लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख तथा तेस्रो र चौथो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’ले रु पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबरोले रु १० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण