धार्मिक पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै झापाको कीचक वध (तस्बिरहरू)
सारांश
- भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक धार्मिक स्थल कीचक वध हो, जहाँ भीमसेनले कीचकको वध गरेका थिए।
- देवनीया र मेची नदीको किनारमा अवस्थित यस क्षेत्रमा पुरातात्त्विक वस्तुहरू फेला परेका छन्, जसले यसको महत्व दर्शाउँछ।
- उत्खननबाट भेटिएका पुरातात्त्विक संरचनाहरू मध्ये केही बाहिर हेर्न मिल्ने गरी राखिएका छन्, र यो क्षेत्र अहिले पर्यटकहरूको लागि गन्तव्य बनेको छ।
झापा । भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, कीचक वध । महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमसेनले यहीँ स्थानमा कीचक राक्षसको वध गरेका थिए।
सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणमा देवनीया र मेची नदीको किनारमा अवस्थित यो क्षेत्रमा थुप्रै पुरातात्त्विक वस्तुहरू रहेका छन्। यहाँ एउटा षट्कोणको आकारमा पोखरी निर्माण भएको छ। जसको छेउबाट देवनीया नदी बगेको छ।
_IM6HJQQ6t7.jpg)
कीचक वध क्षेत्र करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रमा पुरातत्त्व विभागले विभिन्न चरणमा उत्खनन समेत गरेको छ। यसरी उत्खनन गर्दा विभिन्न पुरातात्त्विक संरचना तथा सामग्रीहरू समेत भेटिएको छ ।
_p2Dxke7jGL.jpg)
उत्खनन गरिएका अन्य स्थानहरू पुनः सुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ।
_hhKZaruBqU.jpg)
यस क्षेत्रमा पुरातात्त्विक उत्खनन गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। अहिले यो क्षेत्र धार्मिक लगायत बिदा मनाउन र वनभोजका लागि आउनेहरूका लागि राम्रो गन्तव्य बनेको छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
_Pvscz5ALKh.jpg)
_3SfGeaZoYO.jpg)
_7PTYFw4wyX.jpg)
_UFQzlpzmm4.jpg)
_Q5zh5pqlLB.jpg)
_RFyR2NA7bJ.jpg)
_PTDiEqkgs4.jpg)
_pDxTefrl8a.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण