नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफलमा कांग्रेस
सारांश
- नेपाली कांग्रेसले शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थासँग नयाँ क्रियाशील सदस्यता वितरणबारे छलफल गर्दैछ।
- पार्टी महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता वितरणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी छ।
- कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ र नयाँ सदस्यता फाराम पठाइसक्ने निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणबारे शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थासँग छलफल गर्दैछ । पार्टी महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो ।
समिति सदस्य प्रकाश स्नेही रसाइलीले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रूपमा अघि बढाउन छलफल गर्ने तय भएको जानकारी दिए । स्नेहीले समितिले भ्रातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको जानकारी दिए ।
कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन पुसको २६ देखि २८ गतेसम्म गर्ने गत सोमबारको बैठकबाट निर्णय गरेको थियो । त्यसपछि बुधबार बसेको समिति बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको थियो ।
महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण