फिल्म ‘अखण्डा २’ को रिलिज स्थगित
मुम्बई । तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको बहुप्रतीक्षित फिल्म ‘अखण्डा २’ आज शुक्रबार (डिसेम्बर ५) देखि चलचित्र घरमा प्रदर्शनको तयारीमा थियो । अन्तिम समयमा आएर फिल्मको प्रदर्शन स्थगित गरिएको छ । फिल्मको सुरुमा प्रिमियर शो रद्द भएको थियो । गतराति निर्माताहरूले फिल्मको रिलिज नै हालका लागि स्थगित भएको घोषणा गरेका छन् ।
फिल्मको प्रदर्शन रोकिएको निर्माण युनिटले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् । उनीहरूले लेखेका छन्, ‘भारी मनका साथ हामीलाई यो सूचित गर्दा दुःख लागेको छ कि ‘अखण्डा २’ अपरिहार्य परिस्थितिका कारण निर्धारित समयमा रिलिज हुन सक्नेछैन । यो हाम्रो लागि निकै दुःखद क्षण हो । फिल्म कुरिरहेका फ्यानहरूलाई यसले कति निराश बनाएको छ भन्ने हामी बुझ्छौँ । हामी छिट्टै सकारात्मक खबर गर्छौँ ।’
यसअघि फिल्मको प्रिमियर शो पनि रद्द भएको थियो । त्यतिबेला निर्माताहरूले ‘प्राविधिक समस्या’ का कारण प्रिमियर रद्द गर्नुपरेको बताएका थिए । अहिले फिल्मको रिलिज नै अनिश्चितकालका लागि सरेको छ ।
किन रोकियो फिल्म ?
फिल्मको रिलिज स्थगित हुनुको मुख्य कारण कानुनी विवाद हो । मद्रास उच्च अदालतले इरोज इन्टरनेसनल मिडिया लिमिटेडद्वारा दायर गरिएको अपिलमा सुनुवाइ गर्दै फिल्मको स्क्रिनिङमा रोक लगाएको छ ।
मिडिया रिपोर्टकाअनुसार यो विवाद इरोज र निर्माताबिचको पुरानो आर्थिक लेनदेनसँग सम्बन्धित छ । इरोजको पक्षमा भएको एक फैसला अनुसार कम्पनीले १४ प्रतिशत ब्याजसहित करिब २८ करोड भारु क्षतिपूर्ति पाउनुपर्ने दाबी गरिएको छ ।
‘अखण्डा २’ सन् २०२१ मा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘अखण्डा’ को सिक्वेल हो । बोयापति श्रीनुद्वारा निर्देशित यस फिल्ममा नन्दमुरी बालकृष्णका साथै संयुक्ता, आधी पिनिसेट्टी र हर्षाली मल्होत्रा मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण