प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट
शुक्रबार, १९ मङ्सिर २०८२, १५ : ०५
सारांश
- जापानका राजदूत तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्।
- भेटमा नेपाल-जापान सम्बन्धको ७०औं वर्षगाँठ मनाउने विषयमा छलफल भयो।
- राजदूत तोरुले चुनाव गराउने सरकारको सङ्कल्पको प्रशंसा गरे र सहयोगको प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् ।
नेपाल–जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि तोरुले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोर्याएका छन्।
भेटमा प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सदभाव रहने विश्वास व्यक्त गरेकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण