मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस सुधार अभियान (यु–४०) ले तोक्यो ७७ जिल्लामा संयोजक

शुक्रबार, १९ मङ्सिर २०८२, १६ : ०८
शुक्रबार, १९ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (यु–४०) ले ७७ जिल्लामा संयोजक तोकेको छ । अभियानको केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा संयोजक तोकिएका जानकारी दिएका हुन् । 

पार्टीमा अवसरको न्यायोचित वितरण र अवसरमा युवाहरूको पहुँच सुनिश्चितताका लागि दबाब दिन भन्दै गठित अभियानले पार्टीको सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग राख्दै आएको छ ।

साथै अभियानले भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राथमिक निर्वाचन व्यवस्था गराउन माग गर्दै आएको छ ।

यस्तो छ अभियानको जिल्ला संयोजकहरूको सूची

123

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप