१० बजे १० समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणको आदेशदेखि मौद्रिक नीतिको व्यवस्थासम्म
आज २०८३ असार २३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् । सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ ।
- विद्युत् अनियमित समस्या
देशभर झ्याप्प–झ्याप्प बिजुली जाने समस्या अत्याधिक बढेको छ । आम उपभोक्ताहरू यसरी बत्ती जाने समस्याले हैरान भइरहेक छन् । नेपालमा लोडसेडिङ इतिहास भइसक्यो तर गुणस्तरीय विद्युत् नभएको गुनासो बढेको बढ्यै छ ।
- रास्वपा विधान
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संशोधित विधानलाई लिएर गम्भीर प्रश्न उठेको छ । खासगरी सभापतिको निर्देशन पालना नभए संसदीय दलको नेता पदमुक्त हुने प्रावधानलाई लिएर गम्भीर प्रश्न उठेको हो ।
- सशस्त्र प्रहरी स्कुलको रकम हिनामिना प्रकरण
कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । स्कुलमा लेखापालको रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङ र काभ्रेको मंगलटार घर भएका लिला बहादुर लामा तामाङ अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् ।
- सदाचार नीति
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता र नैतिक विचलनलाई नियन्त्रण गर्दै सुशासन कायम गर्ने उद्देश्यसहित ‘राष्ट्रिय सदाचार नीति, २०८३’ नीति ल्याएको छ । असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नीतिले सार्वजनिक निकायदेखि निजी क्षेत्र, गैरसरकारी संस्था र राजनीतिक दलसम्मका लागि कडा आचरण र मापदण्ड तय गरेको छ ।
- मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस अनुसार आगामी वर्ष मुद्रास्फीतिको लक्ष्यलाई ५.५ प्रतिशत सीमाभित्र राख्ने, निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार र १४ प्रतिशतको विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण गरिएको छ।
- राष्ट्रिय सभा
प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गरेका थिए ।
- कीटजन्य विशेषज्ञ
नेपालमा औंलो, डेंगु, स्क्रब टाइफस, जापानीज इन्सेफ्लाइटीस, कालाजार, हात्तीपाइले र चिकनगुनियाजस्ता कीटजन्य रोगहरूको पहिचान र नियन्त्रण गर्ने प्राविधिक जनशक्ति ‘इन्टोमोलोजिस्ट’ (कीट विशेषज्ञ) को चरम अभाव देखिएको छ ।
- लेखा समिति
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्दा एजेन्डाहरू स्पष्ट थिए– समितिको आन्तरिक कार्यविधि पारित गर्ने र देशको बेरुजुमाथि छलफल गर्न पाँचवटा उपसमिति गठन गर्ने । तर, बैठकको सुरुवाती सौहार्द्रता तब खण्डित भयो, जब उपसमितिको नेतृत्व (संयोजक) चयनको विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दलीय इगो र ‘पावर स्ट्रगल’ सुरु भयो ।
- कार्यदलकाे औचित्य
‘संविधान संशोधन बहसपत्र कार्यदल–२०८२’ को औचित्य र वैद्यतामाथि प्रश्न उठाउँदै चार राजनीतिक दल कार्यदलबाट बाहिरिएका छन् । सरोकारवालाहरूसँग सुझाव सङ्कलन गरेर प्रतिवेदन लेखनको काम अन्तिम अवस्थामा पुगेका बेला कार्यदलमा रहेका चार वटा प्रमुख राजनीतिक दलले कार्यदलकै औचित्य र वैद्यतामाथि प्रश्न तेर्स्याउँदै बहसपत्र तयार गर्ने क्रममा सहभागी हुन नसक्ने बताएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण