मयान यादवले लिए एकै ओभरमा लुम्बिनीको दुई विकेट
शुक्रबार, १९ मङ्सिर २०८२, १८ : ५१
काठमाडौँ । जनकपुर बोल्ट्सका मयान यादवले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान रोहित कुमार पौडेललाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
रोहितलाई जनकपुरका मयान यादवले १२औँ ओभरको पाँचौँ बलमा ३४ रनमा एलबीडब्लू आउट गराएका हुन् । मयानले १२औँ ओभरको अन्तिम बलमा सन्दीप जोरालाई एलबीडब्लू आउट गराए ।
यो विकेटसँगै लुम्बिनीले १२ ओभरमा तीन विकेट गुमाउँदै ८४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण