एनपीएल : लुम्बिनी प्लेअफमा, साविक विजेता जनकपुरसहित चार टोली बाहिरिए
काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।
लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा साविक विजेता जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै डार्सी शर्टले ३० रन, जेजे स्मिथ २१ र निरोशान डिक्वेलाले १७ रनको योगदान गरे ।
जनकपुरका लागि संगित कोरेले सर्वाधिक तीन विकेट लिए । मयान यादवले दुई विकेट लिँदा सञ्जय कृष्णमुर्तीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । जनकपुरका लागि संगित कुरेले सर्वाधिक ४५ रनको योगदान गरे । उनले ३८ बालमा २ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै मयान यादवले २७ रन बनाउँदा आसिफ शेखले बलमा २० रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले दुई/दुई विकेट लिए । त्यस्तै जेजे स्मिथ र रुवेन ट्रम्पलमेनले एक/एक विकेट लिए ।
लुम्बिनीले ७ खेलबाट ८ अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण