फिफा विश्वकप २०२६
फिफा विश्वकप २०२६ः पाँच पटकको विजेता ब्राजिल समूह ‘सी’ मा को–को छन् प्रतिद्वन्द्वी ?
शनिबार, २० मङ्सिर २०८२, ०३ : ३९
सारांश
- फिफा विश्वकप २०२६ को समूह विभाजन अमेरिका, क्यानडा र मेक्सिकोमा सम्पन्न भयो।
- ४८ देशलाई १२ समूहमा विभाजन गरिएको छ, जसमा ब्राजिल समूह 'सी' मा परेको छ।
- स्कटल्याण्डले हाइटी, मोरक्को र ब्राजिलसँग खेल्नेछ, जुन उसको लागि कठिन समूह मानिएको छ।
काठमाडौँ। आगामी वर्ष संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ का लागि समूह विभाजन सम्पन्न भएको छ ।
नेपाली समयअनुसार शनिबार बिहान १२ बजे अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित जोन एफ केनेडी सेन्टर फर द परफर्मिङ आर्ट्समा समूह विभाजन सम्पन्न भएको हो । जहाँ ४८ सहभागी देशलाई १२ समूहमा राखिएको छ।
पाँच पटकको विश्व विजेता ब्राजिल समूह ‘सी’ मा परेको छ, जहाँ स्कटल्यान्ड, मोरोक्को र हाइटी उसका प्रतिस्पर्धी रहनेछन्।
२८ वर्षपछि पुरुष विश्वकप खेल्न आएको स्कटल्यान्डले पहिलो खेल १३ जुनमा हाइटीसँग, दोस्रो खेल १९ जुनमा मोरोक्कोसँग र तेस्रो खेल २४ जुनमा ब्राजिलसँग खेल्नेछ। यो समूह स्कटल्यान्डका लागि ‘डेथ समूह’ सरह मानिएको छ।
प्रतियोगिताको उद्घाटन खेल २०२६ जुन ११ मा मेक्सिको र दक्षिण अफ्रिकाबिच हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण